उपत्यकामा आजदेखि निजीमा मात्रै जोरबिजोर लागु हुने
वि.सं.२०७८ माघ १५ शनिवार १४:०६
2.7K
shares
काठमाडौ: उपत्यकामा आजदेखि निजीमा मात्रै जोरबिजोर लागु हुने गरी सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ ।
सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणालीको तीव्र आलोचना भएपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले आजदेखि लागू हुनेगरी सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सूचना जारी गर्दै गए राति १२ बजेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएका छन् ।
कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै स्थानीय प्रशासनले गत शुक्रबारदेखि उपत्यकामा जोरबिजोर प्रणाली लागू गरेको थियो ।
उक्त निर्णय व्यावहारिक र कोभिड संक्रमण नियन्त्रणमा सहयोगी नभएको भन्दै व्यापक आलोचना भएपछि प्रशासनले त्यसलाई हटाएको हो ।
वि.सं.२०७८ माघ १५ शनिवार १४:०६



















