YouTube Link

क्रिप्टो करेन्सीको कारोबारीमा एकै परिवारका ४ जनाविरुद्ध बिगोसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

उनीहरुलाई ३७ करोड ६४ लाख ११ हजार १ सय रूपैयाँ बिगो दाबी

World Cup 2026
Facebook Link

 

 

काठमाडौं: क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका ४ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

 

कैलालीको लम्किचुवा स्थायी घर भएका दिनेश खड्का, उनकी दिदी भगवती, बुबा नरबहादुर र साथी अनिता धितालविरुद्ध मुद्दा दायर भएको हो ।

 

उनीहरुलाई ३७ करोड ६४ लाख ११ हजार १ सय रूपैयाँ बिगो दाबी गर्दै विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

 

विभागका अनुसार दिनेशले आफू र परिवारका सदस्यको नाममा क्रिप्टो करेन्सीको कारोबार गरेका थिए । दिनेशले आफ्नो बैंक अकाउन्टबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको कारोबार गरेको दाबी गरिएको छ ।

 

यसैगरी भगवतीको बैंक खाताबाट २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपैयाँ कारोबार भएको विभागको दाबी छ ।

 

नरबहादुरको बैंक खाताबाट एक करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ र अनिताको बैंक खाताबाट ५ करोड ७७ लाख ६ हजार ८६ रुपैयाँको कारोबार भएको विभागले जनाएको छ ।

 

विभागका अनुसार क्रिप्टो करेन्सीको कारोबार ई-स्कील, बाइनान्स नामक मोबाइल एप्लिकेन्सबाट भएको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...