कोरोना भाइरसविरुद्धको खोप कार्ड हरायो ? यसरी लिनुहोस् प्रतिलिपि
वि.सं.२०७८ माघ ५ बुधवार १०:२३
3.2K
shares
काठमाडौं: सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।
केही व्यक्तिहरुले कार्ड हराएको गुनासो गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने भएको छ ।
हराएको खोप कार्ड तीन तरिकाबाट लिन सकिने मन्त्रालयले जनाएको छ ।
पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयको भनाइ छ ।
दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने जनाइएको छ ।
त्यसैगरी, पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि सकिने मन्त्रालयले जनाएको छ ।
साथै बुस्टर डोज खोप लगाउन पनि यो कार्ड अनिवार्य गरिएको छ ।
वि.सं.२०७८ माघ ५ बुधवार १०:२३




















