YouTube Link

प्रधानमन्त्री कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपिएफले जित्यो

Facebook Link

 

 

काठमाडौं: नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

 

टियु क्रिकेट मैदानमा उपाधिका लागि आज भएको फाइनलमा १५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनायो ।

 

पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिएपनि उपाधि जिताउन सकेनन् ।

 

यस्तै दिलिप नाथले २३ रन जोड्दा आरिफ शेखले १२ रन बनाए ।

 

अनिल शाह १० रन आउट हुँदा अमित श्रेष्ठ ३ रनमा आउट भए ।

 

राशिद खानले ४ रन जोडे भने पवन सर्राफ सुन्य रनमा आउट भए ।

 

गुलशन झा ५ रनमा अविजित रहदा योगेन्द्र सिंह कार्की १ रन अविजित रहे ।

 

एपीएफका किशोर महतोले ३ विकेट लिए ।

 

अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले १/१ विकेट लिए ।

 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो ।

 

एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए ।

 

उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

 

यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए ।

 

कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए ।

 

भुवन कार्कीले १७ रन जोडे भने आसिफ शेखले ९, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोड्दा पुरण बिक सुन्य रनमा आउट भए ।

 

किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे ।

 

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३/३ विकेट लिए ।

 

गुलशन झाले २ विकेट लिए भने आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए ।

 

विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतले पुरस्कृत गरे ।

 

विजेता एपिएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गर्नेछन् ।

 

पुष २६ देखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीको सहभागीता थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...