राजधानीमा आजदेखि कोभिड-१९ विरुद्ध बुस्टर डोज खोप लगाउन सुरु: (खोप केन्द्र सुचीसहित)
वि.सं.२०७८ माघ ३ सोमवार १२:२९
2.6K
shares
काठमाडौं: राजधानीमा आजदेखि कोभिड-१९ विरुद्ध बुस्टर डोज लगाउन सुरु भएको छ ।
आइतबारदेखि दिने भनिएपनि तयारी नपुगेको भन्दै खोप वितरण स्थगित भएको थियो ।
तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ ।
अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा भएकालाई मात्र बुस्टर डोज दिइने भएको छ ।
यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ ।
आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।
बुस्टर डोज लगाईने स्थान:
– सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु
– सहिद मेमोरियल अस्पताल, कलंकी
– विरेन्द्र सैनिक अस्पताल, छाउनी
– लोट्से भवन, नयाँ बसपार्क
– नेपाल प्रहरी अस्पताल, महाराजगन्ज
– वीर अस्पताल
– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
– बयोधा अस्पताल, बल्खु
– प्रसूति रोग तथा स्त्रिरोग अस्पताल, थापाथली
– निजामती अस्पताल, नयाँबानेश्वर
– एपेक्स पोलिक्लिनक, जडिबुटी
– काठमाडौं मोडल अस्पताल, प्रदर्शनीमार्ग
– पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल, सामाखुसी
– जनमैत्री अस्पताल, बालाजु
– नर्भिक अस्पताल, थापाथली
– शुभेच्छा अस्पताल, सीतापाइला
– नोबेल अस्पताल, सिनामंगल
वि.सं.२०७८ माघ ३ सोमवार १२:२९




















