काठमाडौं प्रशासनले १८ बुँदे निर्देशन जारी गर्दै उपत्यकामा ‘स्मार्ट लकडाउन’ (सूचनासहित)
वि.सं.२०७८ पुस २७ मंगलवार १७:०५
3.2K
shares
काठमाडौं: उपत्यकामा कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले नियन्त्रणका लागि भन्दै १८ बुँदे निर्देशन जारी गरेको छ ।
आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधि अनुसार आदेश जारी गरेको हो ।
ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधि अनुसार आदेश जारी गरिएको बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना अनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।
यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनक २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ ।
यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन् ।
वि.सं.२०७८ पुस २७ मंगलवार १७:०५




















