YouTube Link

रामेछापका सबै विद्यालय खुला, जिल्लाका ८ वटै स्थानीय तहहरुमा नियमित रुपमा पठन पाठन

Facebook Link

 

 

रामेछाप: शिक्षा मन्त्रालयले आजबाट देशभरका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको भएपनि रामेछाप जिल्लामा भने कुनैपनि विद्यालयहरु बन्द भएका छैनन् ।

 

जिल्लाका ८ वटै स्थानीय तहहरुमा सञ्चालित सबै विद्यालयहरुमा आजपनि अरु दिन जस्तै नियमित रुपमा पठन पाठन भएको हो ।

 

कोरोना संक्रमणको दर बढेसँगै शिक्षा मन्त्रालयले आजबाट देशभरका सवै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई रामेछापका सबै विद्यालयहरुले बेवास्ता गरेका छन् ।

 

जिल्लामा सञ्चालित सबै विद्यालयहरु खुला रहेको जिल्ला शिक्षा समन्वय इकाइ रामेछापका प्रमुख भरत भट्टराइले जानकारी दिए ।

 

उनले यस विषयमा स्थानीय सरकारले नै निर्णय गर्ने भएकाले आफुहरुको भुमिका नहुने बताए । सरकारको निर्णय भरखरै प्राप्त भएकाले यस विषयमा बैठक बसेर निर्णय गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए ।

 

रामेछाप जिल्लामा ३ सय ७९ वटा विद्यालयमा करिव ४४ हजार बालबालिकाहरु अध्ययनरत छन् ।

 

आफ्नो गाउँपालिकामा अहिले कुनैपनि विद्यालय बन्द नगरिएको उमाकुण्ड गाउँ पालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

 

गाउँमा संक्रमणको डर नभएकाले आफ्नो गाउँ पालिकाको विद्यालयहरु सबै खुला रहेको खाँडादेवी गाउँ पालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ्गले बताए ।

 

दोरम्बा गाउँपालिकाले भने भोलिदेखि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँ पालिकाका अध्यक्ष कमान सिंह तामाङ्गले बताए ।

 

गोकुलगंगा गाउँपालिकाले तत्काल बैठक बसेर विद्यालय खोल्ने वा नखोल्ने भन्ने विषयमा निर्णय गर्ने गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताए ।

 

रामेछाप नगरपालिकाले पनि यस विषयमा बैठक बसेर टुंगो लगाउने भएको नगर प्रमुख नरबहादुर मगरले जानकारी दिए ।

 

सुनापति गाउँपालिकाले तत्काल बैठक बसेर शिक्षा मन्त्रालयको निर्देशनका बारेमा छलफल गर्ने गाउँ पालिकाका अध्यक्ष धावा लामाले बताए ।

 

मन्थली नगरपालिकाले भने भौतिक उपस्थितीमा नभइ बैकल्पिक विधिबाट सिकाइको कामलाई निरन्तरता दिनका लागि विद्यालयहरुलाई निर्देशन दिएको नगर प्रमुख रमेश बस्नेतले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...