नेपालमा पछिल्लो २४ घण्टामा २४४४ जना नयाँ सङ्क्रमित थपिए
वि.सं.२०७८ पुस २७ मंगलवार १६:३७
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६ सय ४८ जनाको पीसीआर परीक्षणमा एक हजार ९ सय ८१ र ४ हजार ३ सय ८५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४ सय ६३ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३ सय १३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९७ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
वि.सं.२०७८ पुस २७ मंगलवार १६:३७