Rajshow Bivag

तीन सयौं पृथ्वीजयन्तीको अवसरमा गोरखादेखि काठमाडौंसम्म सेनाको एकीकरण मार्ग पदयात्रा काठमाडौं आईपुग्यो

Departmant of helth services

 

 

काठमाडौं: तीन सयौं पृथ्वीजयन्तीको अवसरमा ऐतिहासिक ‘गोरखा-धादिङ्ग-नुवाकोट-काठमाडौं एकीकरण मार्ग पदयात्रा २०७८’ पदमार्गमा रहेको नेपाली सेनाको टोली काठमाडौं आइपुगेको छ ।

 

पदयात्रामा बाजागाजा सहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोशाकमा सजिएका रिपुमर्दन गणको १० जना सेनासहित ४० जनाले पदयात्रा सुरु गरेका नेपाली सेना काठमाडौं आईपुगेको हो ।

 

आज पुष २६ गते (सोमबार) विहान श्री शम्शेर दल गण नागार्जुनले नुवाकोटको ककनीबाट टोलीको हस्तान्तरण लिँदै पाँचमाने, भुवनेश्वर मन्दिर, तीनपिप्ले हुँदै मुडिखुगढी आइपुगेको थियो ।

 

पदयात्रामा नेपाली सेनाले गोरखा दरबारबाट राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्च लगायत नेपाली सेनाको प्रथम पाँच वटा युनिटहरुको झण्डा काठमाडौं ल्याइपुर्याएको छ ।

 

नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा प्रयोग गरेको एकीकरणको बाटो हिंडेर एकताको सन्देश दिएको शम्शेरदल गणका प्रमुख सेनानी उमेश श्रेष्ठले बताउनुभयो ।

 

आज पुष २६ गते (सोमबार) नुवाकोट जिल्लाको ककनीबाट आएको शम्शेरदल गणको टोलीले हनुमानढोकामा रहेको शार्दुलजंग गुल्मलाई गोरखा दरबारदेखि ल्याएको राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै नेपाली सेनाको प्रथम पाँच वटा युनिटहरुको झण्डा हस्तान्तरण गरिने शम्शेरदल गणका प्रमुख सेनानी उमेश श्रेष्ठले बताउनुभयो ।

 

 

सैनिक पदयात्रा टोलीलाई काठमाडौंको तारकेश्वर नगरपालिका–३ पाँचमानेगढीमा जनप्रतिनिधि र स्थानीयवासीले माला र खादा लगाएर स्वागत गरेका थिए ।

 

पदयात्रामा रहेको टोलीले ल्याएको नेपालको झण्डा, टर्च र नेपाली सेनाको झण्डा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा मंगलबार प्रधान सेनापतिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

 

गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाडौंबाट काभ्रेसम्मको करीव १ शय ९२ किलोमिटर बाटोलाई सरकारले एकिकरण पदमार्गको रुपमा प्रवर्द्धन गर्न लागेको छ ।

 

 

नेपाली सेनाको गोरखास्थित गणले भने गोरखा जिल्लाभित्रको बाटोको अध्ययन गरेको छ । गोरखा दरवारबाट पिपलथोक, ताप्लेकोट, अश्राङ हुँदै बोर्लाङघाटसम्मको बाटोको प्रारिम्भक अध्ययन गरि स्थानीय सरकारसँगको सहकार्यमा पदमार्ग सुधारको काम पनि शुरु गरिएको सेनाले जनाएको छ ।

 

 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाडौंसम्म ओहोरदोहोर गरेका बाटोमा नेपाली सेनाले दुई वर्षदेखि यही बाटो हुँदै काठमाडौंसम्म पदयात्रा गर्दै आएको छ ।

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:१६

  काठमाडौं: परमेश्वर मण्डली विश्व सुसमाचार समाजद्वारा आयोजित ´निस्तार चाडको...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:१६

  काठमाडौं: इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...