Texas College
YouTube Link

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

Facebook Link

 

काठमाडौं: शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरुवा गर्दा शिक्षकको खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी केन्द्रले सरुवा फुकुवा गरेको छ ।

 

खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको केन्द्रका निर्देशक तथा सूचना अधिकारी सुरेशकुमार जोशीले जानकारी दिए ।

 

जोशीले पारस्परिक बाहेक अन्य सरुवाको सन्दर्भमा केन्द्रबाट खुद पुल दरबन्दी कायम भएको स्थानीय तहमा खुद पुल दरबन्दी कायम रहेसम्म जिल्लान्तर सरुवा गर्न नपाइने तर, जिल्लान्तर सरुवा भई शिक्षक आउन चाहेको स्थानीय तहमा दरबन्दी मिलानको कार्य सम्पन्न भइसकेको भए मात्र सरुवा गर्न सकिने जानकारी दिए ।

 

जिल्लान्तर सरुवा गर्दा समान तह र श्रेणी, विषय मिल्ने भाएमा नियमानुसार रिक्त स्थानमा सरुवा गर्न सकिने केन्द्रको निर्देशनमा उल्लेख छ ।

 

२०७८ साल चैत मसान्तसम्मको रिक्त दरबन्दी शिक्षक सेवा आयोगमार्फत विज्ञापन भएकोले परीक्षापछि राजीनामा, जिल्लान्तर सरुवा या कुनै कारण शिक्षकको मृत्यु भई पद रिक्त भएको अवस्थामा मात्र सो पदमा सरुवा गर्न सकिने जोशीले जानकारी दिए ।

 

पारस्परिक सरुवामा शिक्षा नियमावलीको नियम ९९ को (२ क) अनिवार्य रुपमा पालना गरी सरुवापछि राजीनामा दिने शिक्षकको सेवा अवधिको आधारमा न्यूनतम एक वर्ष अनिवाय सेवा गर्ने (उमेरको आधारमा अनिवार्य अवकाश हुने बाहेक) व्यवस्था मिलाई त्यसपछि मात्र राजीनामा स्वीकृत गर्न केन्द्रले निर्देशन दिएको छ ।

 

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...