Texas College
YouTube Link

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता जारी, कुन दलका उम्मेदवार को-को ? (सूचीसहित)

Facebook Link

 

काठमाडौं: आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता जारी रहेको छ ।

 

सात वटै प्रदेशस्थित निर्वाचन कार्यालयमा मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

 

उक्त निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन् ।

 

निर्वाचन आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

चुनावका लागि सत्ता गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरिसकेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदैछ ।

 

सोमबारको गठबन्धन बैठकले यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा भागबन्डा गरेका थिए ।

 

एमालेले यसअघि जितेको ८ सिटमा गठबन्धनले भागवन्डा गरेको हो ।

 

जस अनुसार गठबन्धनले कांग्रेसलाई ३, नेकपा माओवादी केन्द्रलाई १, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई १ सिट भागबन्डा गरेका थिए ।

 

आगामी फागुन २० गते नेकपा (एमाले)का ८, नेकपा (एकीकृत समाजवादी)का ४, नेकपा (माओवादी केन्द्र)का ४ र  नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ ।

 

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

 

कुन दलबाट को उम्मेदवार ?

कांग्रेसका उम्मेदवार

प्रदेश १

गोपाल बस्नेत

 

बागमती प्रदेश

कृष्ण प्रसाद पौडेल

 

गण्डकी प्रदेश

कमला पन्त

 

लुम्बिनी प्रदेश

युवराज शर्मा

 

कर्णाली प्रदेश

दुर्गाकुमारी गुरुङ

 

सुदूरपश्चिम प्रदेश

नारायणदत्त मिश्र

 

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि तय गरेको उम्मेदवारहरु

प्रदेश-१

खुलाः देवराज घिमिरे (झापा)

महिलाः सुमित्रा भण्डारी (झापा)

अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)

 

प्रदेश-२

खुलाः असर्फी भिनवार यादव (धनुषा)

महिलाः बिना साह (रौतहट)

 

बागमती

खुलाः गोपाल शाक्य (ललितपुर)

महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

 

गण्डकी

खुलाः पुण्यप्रसाद पौडेल (कास्की)

महिलाः लीला पोखरेल थनेट (नवलपुर)

दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)

 

लुम्बिनी

खुलाः रामदयाल गुप्ता (दाङ)

महिलाः भारती खनाल (बाँके)

दलितः कृष्णबहादुर सुनार (गुल्मी)

 

कर्णाली

खुलाः चूडामणि शर्मा (सुर्खेत)

महिलाः गंगा थापा महत (जुम्ला)

अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)

 

सूदुरपश्चिम

खुलाः डिल्लीराज भट्ट (डोटी)

महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)

दलितः नरेश बिक (बैतडी)

 

माओवादीबाट तय भएका उम्मेदवार

प्रदेश २

उर्मिला अर्याल

 

गण्डकी प्रदेश

सुरेश आलेमगर

भरत सुनार

 

कर्णाली प्रदेश

नरबहादुर विष्ट

 

सुदूरपश्चिम प्रदेश

जगत पार्की

 

नेकपा एकीकृत समाजवादीबाट तय भएका उम्मेदवार

प्रदेश १

जयन्ती राई

 

बागमती प्रदेश

गोमा तिमल्सिना

 

लुम्बिनी प्रदेश

राज्यलक्ष्मी गैरे

 

कर्णाली प्रदेश

उदय बोहोरा

 

 सुदूरपश्चिम प्रदेश

मदन कुमारी शाह (गरिमा)

 

जनता समाजवादी पार्टीबाट तय भएका उम्मेदवार

प्रदेश १

हेमराज राई

 

प्रदेश २

मो. खालिद सिद्दीकी

 

राष्ट्रिय जनमोर्चाबाट तय भएका उम्मेदवार

लुम्बिनी प्रदेश

तुल बहादुर बिक

 

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ ।

 

निर्वाचनमा स्थानीय तहका १४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...