इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सहज जित
वि.सं.२०७८ पुस १६ शुक्रवार ०८:४३
2.3K
shares
एजेन्सी: इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ ।
घरेलु मैदानमा युनाइटेडलाई बर्नलीलाई ३–१ ले पराजित गरेको हो ।
युनाइटेडको जितमा रोनाल्डोसँगै स्कट म्याक टोमिनेले गोल गरे ।
एक गोल उपहार पाएको थियो ।
बर्नलेका लागि आरोन लेनननले एक गोल गरे ।
सबै चार गोल पहिलो हाफमा नै भएको थियो ।
खेलको ८औं मिनेटमा स्कट म्याक टोमिनेको गोलबाट घरेलु टोली युनाइटेडले सुरुवाती अग्रता लिन सफल भयो ।
खेलको २७औं मिनेटमा जेडान सान्चोको गोलले युनाइटेड खेलमा २–० को अग्रता लिन सफल भयो ।
यसैगरी खेलको ३५औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई ३–० ले अघि बढाए ।
३८औं मिनेटमा आरोन लेनननले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को स्थितिमा ल्याए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेडले सहज जित निकाल्यो ।
जितसँगै युनाइटेड १८ खेलबाट ३१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।
समान ३१ अंक नै रहेपनि वेस्ट ह्याम गोल अन्तरमा अघि छ ।
वेस्टह्यामले एक खेल बढी खेलेको छ ।
एक खेल कम खेलेको टोटेनहमको ३० अंक छ ।
पराजित बर्नली ११ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।
वि.सं.२०७८ पुस १६ शुक्रवार ०८:४३



















