एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार दोस्रो जित
वि.सं.२०७८ पुस ९ शुक्रवार १२:३९
2K
shares
काठमाडौं: बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ ।
आज भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ ।
एकपक्षीय जस्तै बनेको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा पराजित गरेको हो ।
दुई जितपछि नेपाल ६ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ ।
नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो ।
६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
नेपालले आफ्नो तेस्रो खेल शनिवार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।
वि.सं.२०७८ पुस ९ शुक्रवार १२:३९




















