सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणको खेलहरु आजबाट सुरु, आजै दुई खेहरु हुँदै
वि.सं.२०७८ पुस ९ शुक्रवार ०७:४३
2.6K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजबाट सुरु हुँदैछ ।
पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
एपीएफ ५ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ भने एनआरटी ५ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
एपीएफलाई पराजित गर्दै एनआरटी शीर्ष पाँचमा उक्लन चाहन्छ ।
दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पुलिस र फ्रेन्ड्सबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा रहेको छ भने फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा हुनेछ ।
फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।
लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ ।
वि.सं.२०७८ पुस ९ शुक्रवार ०७:४३




















