सेन्ट्रल जोन भलिबल: नेपाली महिला पुरुष टोलीले आज माल्दिभ्स र उज्वेकिस्तानसँग खेल्दै
वि.सं.२०७८ पुस ९ शुक्रवार ०८:०४
1.7K
shares
काठमाडौं: एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप प्रतियोगिता अन्तर्गत आज नेपाली महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली महिला टोलीले आज माल्दिभ्सको सामना गर्नेछ ।
नेपाल र श्रीलंकाबीचको खेल बिहान ११ :१५ बजे सुरु हुनेछ ।
नेपालको महिला टोली आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
हिजो भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ सेटमा हराएको थियो ।
यस्तै पुरुष टोलीले आज आयोजक उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र उज्वेकिस्तानबीचको खेल दिउसो ५:४५ बजे सुरु हुनेछ ।
नेपाली पुरुष टोली पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।
पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
वि.सं.२०७८ पुस ९ शुक्रवार ०८:०४




















