जर्मन सरकारले दियो नेपाललाई कोरोना भाइरस विरुद्धको ४१ लाख डोज खोप
वि.सं.२०७८ पुस २ शुक्रवार ०८:४९
1.5K
shares
काठमाडौं: जर्मन सरकारले नेपाललाई कोरोना भाइरस विरुद्धको ४१ लाख डोज खोप प्रदान गरेको छ ।
जर्मनले नेपाललाई १९ लाख ६५ हजार ६ सय डोज मोडर्ना र २१ लाख ७६ हजार ६ सय ५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधा अन्तर्गत प्रदान गरेको हो ।
जर्मनीका राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २ सय ५० डोज खोप प्रदान गरे ।
मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइने छ ।
एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६ सय ५० डोज पनि काठमाडौं आइपुगेको छ ।
२१ लाख ७६ हजार जोन्सन खोपमध्ये यो पहिलो खेप नेपाल आएको हो । यसअघि आइतबार १९ लाख ६५ हजार ६ सय डोज खोप नेपाल आइसकेको छ ।
वि.सं.२०७८ पुस २ शुक्रवार ०८:४९



















