कृषि विकास बैंकले सेयरधनीलाई नगदबाहेक २० प्रतिशत बोनस सेयर दिने
वि.सं.२०७८ पुस २ शुक्रवार १२:३३
काठमाडौं: कृषि विकास बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषण गरेको छ ।
बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५ नगद गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।
बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ । गत वर्ष बैंकले १५ दशमलव ७९ प्रतिशत (करसहित) लाभांश वितरण गरेको थियो ।
वि.सं.२०७८ पुस २ शुक्रवार १२:३३