कांग्रेस महामन्त्रीको मतगणना पार्टी कार्यालय सानेपामा सुरु, कसले मार्ला बाजी ?
वि.सं.२०७८ पुस १ बिहीवार ११:१५
1.8K
shares
काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।
मतगणना तीन ठाउँबाट सुरु गरिएको निर्वाचन समितिले जनाएको छ । विधान अनुसार कांग्रेसमा दुई महामन्त्री निर्वाचन हुने व्यवस्था छ ।
महामन्त्रीका लागि गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । मतदानमा ४७४३ मतदातामध्ये ३६७९ ले मतदान गरेका थिए ।
सभापतिको नजिजा आएसँगै अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । दुई उपसभापति पदको बुधबार सम्पन्न मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
वि.सं.२०७८ पुस १ बिहीवार ११:१५




















