मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिए राजीनामा, ४ बजे पत्रकार सम्मेलन
वि.सं.२०७८ पुस १ बिहीवार १४:३७
1.8K
shares
काठमाडौं: डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।
‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भित मतपरिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजिमाना दिने निर्णय लिएको छु,’ उनले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘अन्तिम मतपरिणाम सार्वजनिक हुनासाथ सम्माननीय प्रधानमन्त्री समक्ष राजिनामा पेश गर्नेछु ।’
आज अपरान्ह ४ बजे रक्षा मन्त्रालय, सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रम राखेकोछु; पत्रकार साथीहरूलाई आमन्त्रण गर्दछु।
— Minendra Rijal (@MinendraRijal) December 16, 2021
कांग्रेसको २ जना महामन्त्री पदका लागि भएको निर्वाचनमा रिजाल मतको आधारमा पाँचौ नम्बरमा छन् । उनले आजै साँझ ४ बजे सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रमसमेत राखेका छन् ।
वि.सं.२०७८ पुस १ बिहीवार १४:३७




















