YouTube Link

बाह्रबिसे कपको उपाधि रत्न र रशिलालाई

Facebook Link

 

सिन्धुपाल्चोकः बाह्रबिसे कप ब्याडमिन्टन-२०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधी सेनाका रत्नजित तामाङ्गले जितेका छन् ।

 

सेनाको बर्चस्व रहेको प्रतियोगितामा रत्नले सेनाकै नविन श्रेष्ठ माथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधी उचालेका हुन ।

 

रत्नले उपाधीका साथै नगद १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोश्रो भएका नविनले नगद ६५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

मंसिर १५ देखि सुरु भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी रशिला महर्जनले सेनाकै अमिता गिरीमाथि को जित निकाल्दै उपाधी कब्जा गरिन् । उनले उपाधी हात पार्ने क्रममा गिरीमाथि २१–१६, २१–१६ को समान अन्तरले पराजित गरिन् ।

 

रशिलाले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

उच्च २० बरियतादेखि बाहेकका पुरुष युगल तर्फको खेलमा कास्कीका बिधान अधिकारी र बिशाल खड्काले उपाधी जिते । अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।

 

पुरुष युगल तर्फ बिजयी र उपबिजयी खेलाडीहरुले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका संजय कपाली र श्याम लामाको जोडीले तनहुका मान बहादुर राना मगर र देव बहादुर थापाको जोडीलाई २१–१८, २१–११ ले पराजित गरे । बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

जिल्लास्तरिय पुरुष युगल तर्फको प्रतिस्पर्धामा बाह्रबिसेका अभिषेक गुरुङ्ग र रमेश शेर्पाको जोडीले बाजी मारे । उक्त जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१२, १८–२१, २१–१६ ले पराजित गरेका हुन् । पहिलो र दोश्रो हुने दुवैले गिफ्ट ह्याम्पर मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

यस अघि भएको सेमिफाईनलमा सेनाका रत्नजितले सेनाकै प्रफुल महर्जनलाई २१–१७, २१–१९ को जित निकाल्दै फाईनल प्रवेश गरेका थिए । यस्तै नविनले बरियतामा दोश्रो स्थानमा रहेका एपिएफका दिपेश धामी माथी ९–२१, २१–१५, २१–१६ को जित निकाल्दै रत्नसंगको भेट पक्का गरेका थिए ।

 

तृतीय स्थान प्राप्त गरेका प्रफुल महर्जन र दिपेश धामी प्रत्येकले नगद ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

महिला एकल तर्फ सेनाकै अमिता गिरी र रशिला महर्जन फाईनल प्रवेश गरे । अमिताले नेपाल पुलिसकी निता लम्साललाई २१–२३, २१–१०, २१–१२ ले तथा रशिलाले सेनाकै अनुमाया राईलाई २१–१४, २१–१४ को समान अन्तरमा पराजित गरे ।

 

तृतीय स्थान प्राप्त गर्ने निता र अनुमाया प्रत्येकले नगद १२ हजार ५ सयका साथ मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले बुटवलका सुशिल गिरी र बिवेक न्यौपानको जोडीलाई २१–१०, २१–१५ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।

 

यस्तै फाईनल प्रवेश गर्ने क्रममा कास्कीका विधान अधिकारी र बिशाल खड्काको जोडीले पनि जित निकाल्यो । उक्त जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१२, २१–११ को सेटमा पराजित गरेका थिए ।

 

तृतीय हुने सुशिल र बिवेकको जोडी तथा ससिन र सुमितको जोडीले २५।२५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

 

भेट्रान्स ४५ बर्ष माथिको खेलमा परफेक्ट फिटनेश क्लबलका संजय कपाली र श्याम लामाको जोडी तथा तनहुका मनबहादुर राना मगर र देव बहादुर थापाको जोडी फाईनल प्रवेश गरे ।

 

कपाली र लामाको जोडीले बाह्रबिसेका कमल कुमार श्रेष्ठ र प्रेम कुमार श्रेष्ठको जोडीलाई २१–१०, २१–१४ तथा राना मगर र थापाको जोडीले बाह्रबिसेकै रविन बोमजन र बेद बहादुर श्रेष्ठको जोडीलाई २२–२४, २१–१२, २१–१२ ले पराजित गरेका थिए ।

 

जिल्लास्तरिय पुरुष युगल तर्फको स्पर्धामा चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ तथा बाह्रबिसेका अभिषेक गुरुङ्ग र रमेश शेर्पाको जोडीले फाईनलमा स्थान बनाएका थिए । श्रेष्ठ द्वयको जोडीले मेलम्चिका किशान दुलाल र राजन श्रेष्ठको जोडीलाई २१–१९, २१–१६ ले तथा गुरुङ्ग र शेर्पाको जोडीले बलेफीका अजय तामाङ्ग र पुलिसका पुर्ण बहादुर थापाको जोडीलाई २०–२२, २१–१४, २१–१९ ले पराजित गरेका थिए ।

 

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी बाह्रबिसे नगरपालिकाका मेयर निमाफुञ्जी शेर्पा, उपमेयर सुशिला पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरस्कार रासी ५ लाख ५० हजार रहेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...