सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ब्रिगेड ब्वाइज र आर्मीबीच प्रतिस्पर्धा हुँदै
वि.सं.२०७८ मंसिर १९ आइतवार ०९:३९
1.8K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज हुने एक मात्र खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुईबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
बलियो टिम आर्मीविरुद्ध मैदान उत्रदा ब्रिगेड दोस्रो जितको खोजीमा हुनेछ ।
ब्रिगेड दुई खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
ब्रिगेडले पहिलो खेलमा एपीएफलाई ३-२ गोल अन्तरले हराएको थियो ।
दोस्रो खेलमा ब्रिगेडले एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो ।
आर्मी भने पहिलो जितको खोजीमा हुनेछ ।
अघिल्ला दुई खेलमा आर्मीले जित निकाल्न सकेको छैन ।
आर्मी दुई खेलमा २ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो खेलमा आर्मीले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
वि.सं.२०७८ मंसिर १९ आइतवार ०९:३९




















