YouTube Link

दुई कृति ‘जोवन बैना देउ’ र उपन्यास ‘पीडाको पोखरी’ बिमोचन

Facebook Link

 

काठमाडौं: कुमारी बाँठा मगर (मनु)द्वारा लिखित उपन्यास ‘पीडाको पोखरी’ र गीति एल्बम ‘जोवन बैना देउ’ दुई कृति एकै साथ बिमोचन भएको छ ।

 

उपन्यसका सम्पादक गोबिन्द कँडेल ‘आँसु’को शभापतित्व र राष्ट्रिय गानको रचनाकार प्रदीप कुमार राई ‘ब्याकुल माईला’को प्रमुख आतिथ्यमा उक्त कृति विमोचन भएको थियो ।

 

कार्यक्रममा विशेष अतिथि चर्चित समालोचकद्वय राजकुमार बानियाँ र महेश पौडेलले पुस्तकको बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

 

कार्यक्रममा बोल्दै समालोचकद्वयले उपन्यासको रचनाकार कुमारी बाँठा मगर (मनु)को खुलेर प्रसंसा गरेका थिए । वास्ताविक घटनालाई देखेर नै लेखे झैं गरी सामान्य मानिसले समेत बुझ्ने भाषामा लेखिएको यो उपन्यासका पात्रहरुलाई पनि सही ठाउँमा उभ्याएर सामाजिक अवस्थाको चित्रण गर्न सक्नुले रचनाकारको असाधरण क्षमताको प्रष्फुटन भएको पाईएको समाचोलकद्वयले बताए ।

 

उपन्यास लेख्नु आफैंमा एक गहनकार्य भएको त्यो माथि पनि यति सरल भाषामा लेख्न सक्नु महान कार्य हो भन्दै सबै बक्ताहरुले रचनाकारको तारिफ गरेका थिए ।

 

कार्यक्रममा गीति एल्बम ‘जोवन बैना देउ’बारे बोल्दै संजोग लाफा मगरले वास्ताविक कौडा गीतलाई तोडमोड गरेर दोहोरी जस्तो बनाउने कार्यले कौडा गीत माथि अन्याय भईरहेकोले त्यसमा ध्यान पुर्याउन सर्जक र एल्बम निर्माण पक्षलाई सजग गराएका थिए ।

 

 

गायक तथा संगीतकार योगेश काजी शाहले लोक संस्कृतिको संरक्षणले मात्रै कलाकारलाई वास्ताविक परिचय गराउने महसुस भएपछि आफुपनि पप गीतबाट लोक गीततिर आएको बताए ।

 

प्रमुख अतिथि ब्याकुल माईलाले आफ्नो संस्कृतिभन्दा ठुलो अरु हुनै नसक्ने भन्दै यसलाई जोगाएर राख्न लागिपर्ने सबै सर्जक र कलाकारलाई सदैब सम्मान गर्ने बताए । आधुनिकताको जगमा भुल्दै गएको संस्कृतिलाई जोगाउन नयाँ पूस्तालाई प्रशिक्षित गराउनु हामी सबैको दायित्व भएको उनले बताए ।

 

कार्यक्रममा कुमारी बाँठा मगर (मनु)को शब्दमा दुर्लभ जेठामान र तारा श्रीषको स्वर रहेको गीति एल्बम ‘जोवन बैना देउ’को पनि बिमोचन भएको थियो । गुडलक नेपालको अफिसियल युट्युब च्यानल मार्फत दर्शकमा ल्याईएको सो गीतमा अनुप राना, प्रिया घर्तीमगर र अन्जली गुरुङको अभिनय रहेको छ भने नृत्य तथा निर्देशन केशु पुन मगरको रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...