YouTube Link

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले गरे राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित

Facebook Link

 

काठमाडौं: युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ८ जना नयाँ बोर्ड सदस्य नियुक्त गरेका छन् ।

 

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारमा मनोनित ९ जना बोर्ड सदस्यलाई मंसिर ३ गते पदमुक्त गर्ने निर्णय गरेका गहतराजले माओवादी केन्द्रमा आबद्ध खेलकर्मीलाई समेट्दै ८ जना बोर्ड सदस्य नियुक्त गरेका छन् ।

 

मन्त्री गहतराजले परिषद् अध्यक्षको हैसियतामा बिहीबारको निर्णय अनुसार विज्ञको रुपमा लामा पेमा डोल्मा र जनक प्रसाद बर्तौलालाई नियुक्त गरेका छन् ।

 

मन्त्री गहतराजले मंसिर ३ गते ९ जना बोर्ड सदस्यलाई सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए ।

 

पदमुक्त भएका मध्य ५ जना बोर्ड सदस्यले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

 

खेलकुद विकास ऐनको दफा ३ को उपदफा २ को ठ मा खेल विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ विज्ञमध्यबाट अध्यक्षले एक महिला सहित दुई जना मनोनित गर्न पाउने व्यवस्था छ । सोही अनुसार फुटबलकी डोल्मा र तेक्वान्दोका बर्तौला मनोनित भएका हुन् ।

 

उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व हुने गरि बर्दियाका दिपेन्द्र विष्ट र शाहसीक तथा पर्यटकीय खेलकुद महासंघबाट प्रतिनिधित्व हुने गरि मोहमद फाजिललाई बोर्ड सदस्यमा मनोनित गरिएको छ ।

 

यस्तै, खेलकुद संघको सिफारिसमा श्रीमान थापा मगर, अन्जन धमला, बिना श्रेष्ठ, प्रकाशकुमार कुसारीलाई मनोनित गरिएको छ ।

 

खेलकुद संघको सिफारिसमा अझै एक महिला मनोनित हुन बाँकी छ ।

 

मनोनित भएका प्रकाशकुमार कुसारी लटार्डो युनिभर्सल संघबाट आएका हुन् भने बिना नवाछे श्रेष्ठ एथ्लेटिक्स संघ, अन्जन धमला र श्रीमान थापा मगर तेक्वान्दो महासंघबाट रहेका छन् ।

 

मनोनित बोर्ड सदस्यले शुक्रबार बिहानै पद तथा गोपनियताको शपथ लिएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...