इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडमाथि टोटेनहमको जित
वि.सं.२०७८ मंसिर ६ सोमवार ०८:०५
1.6K
shares
एजेन्सी: इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि २-१ को जित निकालेको छ ।
पहिलो हाफमा लिड्सका लागि ड्यानिएल जेम्सले खेलको ४४औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा बल पोसेसनमा दबाब राख्दै लिड्सले खेलमा पकड जमाएको थियो ।
दोस्रो हाफको ५८औं मिनेटमा पिएर एमिल होएबिएरले बराबरी गोल फर्काए । लुकास मोउराको पासमा होएबिएरले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । त्यसको ११ मिनेटपछि नै सर्जियो रेगुइलोनले लन्डन टोलीलाई अग्रता दिलाए । एरिक डाएरको फ्रिकिक पोस्टमा लागेर फर्केपछि रिबाउन्डमा उनले गोल गरेका थिए ।
जितसँगै टोटेनहम १२ खेलमा ६ जित, १ बराबरी र ५ हारसँगै १९ अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा छ ।
लिड्स १२ खेलमा २ जित, ५ बराबरी र ५ हारसँगै ११ अंकसहित १७ औं स्थानमा छ । चेल्सी १२ खेलमा २९ अंकसहित शीर्षस्थानमा यथावत छ ।
वि.सं.२०७८ मंसिर ६ सोमवार ०८:०५



















