YouTube Link

प्रधानन्यायाधीशले शुक्रबार ३ बजेसम्म राजीनामा नदिए सशक्त कदम चाल्ने बार अध्यक्षको चेतावनी

Facebook Link

काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार ३ बजेसम्म राजीनामा नदिए सशक्त कदम चाल्ने नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चेतावनी दिएका छन् ।

बिहीबार कानुन व्यवसायीको धर्नामा भएको प्रहरी हस्तक्षेपको निन्दा गर्दै बार अध्यक्ष श्रेष्ठले अहिले जारी आन्दोलन कुनैपनि वहानामा नरोकिने समेत बताएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै अदालत प्रवेशमा अवरोध गर्न र प्रहरी लगाएर दमन गर्ने कार्यको विरोध गर्दै शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनले बताए ।

सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आएका कानुन व्यवसायीहरु बिहीबार सर्वोच्चको वैकल्पिक गेटतर्फ अघि बढ्न लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीले बल प्रयोग गर्दा अध्यक्ष श्रेष्ठसहित नेपाल बार र सर्वोच्च बारका केही पदाधिकारीसहित आधा दर्जन कानुन व्यवसायी घाइते भएका थिए ।

प्रहरीको दमनपछि बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै बारले आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...