YouTube Link

सहुलियतपूर्ण कर्जा लिनेको सङ्ख्या १ लाख २९ हजार ६ सय ८० पुग्यो

Facebook Link

 

काठमाडौं: सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान दिन थालेपछि सो कर्जा अन्तर्गत ऋण लिनेको सङ्ख्या एक लाख २९ हजार ६ सय ८० पुगेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म एक करोड भन्दा माथि त्यस्तो कर्जा उपयोग गर्ने ऋणीको सङ्ख्या नै एक हजार ८ सय ९० जना पुगेको छ ।

 

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियतपूर्ण कर्जा उपयोग गर्ने कूल ऋणीको सङ्ख्या भने एक लाख २९ हजार ६ सय ८० रहेको छ ।

 

यस अन्तर्गत हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले जम्मा एक खर्ब ९८ अर्ब ९२ करोड ३९ लाख ७७ हजार २ सय ९७ रुपैयाँ बराबरीको कर्जा प्रवाह गरेका छन् ।

 

यसरी कर्जा प्रवाह गर्नेमा सबैभन्दा अगाडी कृषि विकास बैंक देखिएको छ । जसले १३ हजार ५२ वटा कर्जा मार्फत २१ अर्ब ९५ करोड ७१ लाख ४० हजार ४ सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको हो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १० हजार ५ सय ५० कर्जा मार्फत १० अर्ब ७२ करोड ६८ लाख ७७ हजार ५ सय ८ रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।

 

यस्तो ऋणी ठूलो सङ्ख्यामा प्रवाह अर्को सरकारी बैंकमा नेपाल बैंक रहेको छ । यस बैंकले ६ हजार ८४ ऋणीलाई ७ अर्ब ६२ करोड १८ लाख ५२ हजार एक सय ९३ रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेको देखिन्छ ।

 

त्यसैगरि, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार क वर्गका वाणिज्य बैंकहरुले एक लाख ९ हजार ६ सय १३ जनालाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् भने विकास बैंकहरुले १८ हजार ४ सय ३४ ऋण प्रवाह गरेका हुन् । यता ग वर्गका वित्तीय संस्थाहरूले १५ सय २२ जनालाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा घ वर्गका वित्तीय संस्थाहरूले भने एक सय ११ जनालाई मात्रै यस्तो ऋण दिएको देखिन्छ ।

 

हालसम्म यस्तो कर्जा प्रवाहका लागि ९ अर्ब १५ करोड २१ लाख ५८ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जाका लागि कूल ब्याज अनुदान वितरण भइसकेको छ ।

 

युवा वर्ग स्वरोजगार कर्जाका रूपमा सहुलियतपूर्ण कर्जा लिने १७ जना मात्र रहेकोमा व्यावसायिक तथा तालिम परिसरबाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिम शीर्षकमा दुई वटा कर्जा मात्रै प्रवाह भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...