YouTube Link

एनएमबि बैंकमा भिडियो कल मार्फत घरबाटै ५ मिनेटमा नयाँ खाता खोलिदिने

Facebook Link

 

काठमाडौं: एनएमबि बैंकले आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा आधारित भिडियो केवाइसी प्रविधि प्रयोग गरी ग्राहकहरुको खाता खोलिदिने भएको छ ।

 

पत्रकार सम्मेलन आयोजना गर्दै बैंकले एक भिडियो कलबाटै पाँच मिनेटमा देश वा विदेशमै बसेर खाता खोल्न सकिने जनाएको छ ।

 

एनएमबि बैंकले नेपालको बैंकिङ जगतमा सुरुदेखि अन्त्यसम्म पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया कार्यान्वयन गर्ने पहिलो बैंक भएको दाबी गरेको छ ।

 

ग्राहकहरुले एनएमबिमा भिडियो कल गरेर नयाँ खाता खोल्न केवाइसी विवरणहरु अपडेट एवम् पूरा गर्न सक्ने बैंकले जनाएको छ ।

 

‘एनएमबिले ग्राहकहरुका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुआत गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोग परिधि भन्दा माथि उठेर बैंकसम्म नपुगेरै बैंकिङ सेवा लिन सक्छन् । यसले बैंकिङ कारोबारलाई सहज बनाउनेदेखि सबै प्रकारका म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शी, त्रुटिरहित र कागजविहिन बनाउँदै लैजाने छ,’ बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

 

सोही कार्यक्रममा अभिनेता पल शाहलाई एनएमबि बैंकले आफ्नो ब्राण्ड एम्बेस्डर नियुक्त गरेको ‍‍‍औपचारिक जानकारी गराएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...