YouTube Link

कृषि विकास बैंकद्वारा पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

World Cup 2026
Facebook Link

 

काठमाडौं: कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढ्दा बैंकको मुनाफा प्रभावित भएको हो ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.१२ प्रतिशत बढेको छ ।

 

बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा १६.१२ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

 

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १.७३ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ५.८१ प्रतिशत घटेको छ भने कर्जा ७.९८ प्रतिशत बढेको छ ।

 

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९० पैसाबाट १ रुपैयाँ २० पैसा घटेर १४ रुपैयाँ ७० पैसा पुगेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ३४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ २० पैसा रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...