राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे
वि.सं.२०७८ कात्तिक १४ आइतवार ०७:२२
1.4K
shares
काठमाडौंस् नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)सँग ३ वर्षको सम्झौता गरेसँगै उनी शनिबार राति काठमाडौं आइपुगेका हुन् ।
अल्मुताइरीलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले विमानस्थल पुगेर स्वागत गरेका थिए ।
अल्मुताइरीले गत कात्तिक १० गते नेपालसँग थप ३ वर्षका लागि सम्झौता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।
त्यसअघि सुरुमा राजीनामा दिने बताएका उनले पछि सोच्न सकिने बताएका थिए ।
यो पनि पढ्नु होस्ः
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह आज नेपाल आउँदै
वि.सं.२०७८ कात्तिक १४ आइतवार ०७:२२




















