जिवन सुनुवारले लिएर आए ‘देउसी भैली’ {भिडियो सहित}
वि.सं.२०७८ कात्तिक ७ आइतवार १४:२१
काठमाडौं: जिवन कुमार सुनुवारको शब्द संगीत तथा स्वरमा रहेको देउसी भैली गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।
जनजिवनको प्रस्तुती तथा भूमिका थामीको उत्पादन रहेको उक्त म्यूजिक भिडियो भीमफेदी गाइजको युट्युव च्यानलबाट सार्वजानिक गरिएको हो ।
जिवन सुनुवारलाई दिलु श्रेष्ठले स्वरमा साथ दिएकी छिन् भने उक्त गीतको कोरोसमा सुनिल दोङ, उत्सव सुब्बा लामा, सुरेन श्रीजन, निनाम राई, सशीकला मोक्तान र कोपिला घिसिङले साथ दिएका छन् ।
सांस्कृतिक अनि मौलिकताले भरिपूर्ण देउसी भैलो गीतको म्यूजिक भिडियो हेर्नेको संख्या करिव दुई लाखको हराहरीमा पुगेको छ ।
उक्त देउसी भैलो म्यूजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका छन् भने पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन् ।
हलेसी डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतको एरेन्ज पुष्कर सुनुवारले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ आरबी लामा स्याङदानले गरेका हुन् । गीतको रेकर्ड उत्सब लामाले गरेका हुन ।
भिमफेदी गाइजका कलाकारकाहरुसँग अनुसा राई, पुर्णिमा थोकर, मन्जु तामाङ, आर्य अनुराग थपलियालेले अभिनय गरेका छन् ।
{भिडियो सहित}
वि.सं.२०७८ कात्तिक ७ आइतवार १४:२१