YouTube Link

ठुलो परिमाण सालकको खपटा बरामद

Facebook Link

रामेछाप:  रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ भैंसेश्वरबाट सुक्रबार प्रहरीले संरक्षित बन्यजन्तु सालकको खपटा सहित २ जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीको संयुक्त टोलीले भैंसेश्वर चौकबाट २५ किलो खपटा सहित जिल्लाको लिखुतामाकोसी गाउँ पालिका वडा नं ३ का सोनाम तामाङ्ग र ध्यानबहादुर तामाङ्गलाई पक्राउ गरेको हो ।

 

बरामद गरिएको उक्त सालकको खपटा अहिले सम्मकै ठुलो परिमाणको भएको प्रहरीले जानकारी दिएको छ । बरामद गरिएको सालकको खपटाका लागि कम्तिमा पनि ७० भन्दा बढी सालक मारेको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

​सालकको खपटाको अवैध कारोवारको सूचनाको आधारमा शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाँदा भैंसेश्वर चौकबाट उक्त कारोवारमा संलग्नलाई पक्राउ गर्नुका साथै बोरामा लुकाइ राखेको २५ किलो खपटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले जानकारी दिनु भयो ।

 

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय रामेछापका बुझाइएको छ । खपटा सहित पक्राउ परेकाहरु दुवैजनालाई राष्टिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन अनुसार ५ लाख देखी १० लाख सम्म जरिवाना तथा ५ बर्षदेखी १५ बर्षसम्म जेल सजाय वा दुबै हुन सक्ने कानूनि व्यबस्था रहेको छ । यस विषयमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...