Rajshow Bivag

राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने टोलीलाई लोकतान्त्रीकको बिदाई

Departmant of helth services

काठमाडौं: पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लब, टोखालाई नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले बिदाई गरेको छ ।

 

बागमती प्रदेशबाट छनौट भएको चार टोली मध्येमा परेको प्रभातफेरीका खेलाडी, अफिसियल तथा प्रशिक्षकलाई चक्रपथस्थित हेडलाईन क्याफेमा नेपाल सरकारका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले खेलाडीहरुलाई खादा लगाएर बिदाई गरे ।

 

खेलाडीहरुलाई शुभ-कामना दिंदै प्रमुख अतिथि महतले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै विजयी हासिल गरेर फर्कन सुझाव दिए ।

 

उनले मानसिक र शारीरिक तन्दुरस्तीका साथै युवाहरुलाई समेटेर लोकतान्त्रीक माध्ययमले खेलकुदको विकास गर्ने उद्धेश्यले नेपाल लोकतान्त्रीक खेलकुद संघको स्थापना भएको बताए ।

 

नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सचिव मनिष जोशीले टोखाको नेतृत्व गर्दै प्रतियोगितामा सहभागीता जनाउन लागेका क्लब तथा खेलाडीहरुलाई शुभ-कामना दिंदै गजराज जोशीको जन्मस्थल र विभिन्न खेलमार्फत खेलाडी र खेलको विकास गर्दै आई रहेको बताउँदै खेलाडीहरुलाई विजयी भएर आउन बधाई दिए ।

 

नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका प्रमुख दीपक गुरुङले खेलाडीहरुलाई शुभ-कामना दिँदै खेलाडीहरुलाई विजयी भएर आउन भन्दै विजयी भएर आएको खण्डमा खेलाडीहरुलाई उचित नगद पुरस्कारले सम्मान गर्ने बताए ।

 

उनले नेपाल लोकतान्त्रीक खेलकुद संघ खेल र खेलाडीहरुको हकर हितका लागि स्थापित संस्था भएकोले बागमती प्रदेशले विभिन्न खेल आयोजना, खेलाडीहरुलाई सम्माका साथै प्रकोपमा परेकाहरुका लागि पनि सहयोग पुर्याउँदै आएको स्मरण गराए ।

 

कार्यक्रममा नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य लगायत बागमती प्रदेशका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।

 

आश्विन २ देखि २२ गते सम्म आयोजना हुने लिगका लागि बागमती प्रदेशबाट प्रभाफेरी युथ क्लब, टोखाका साथै ढुकु फुटसल चण्डोल, शंखमुल फुटसल र स्काई गोल्स, चक्रपथ छनोट भएका छन् । टोली बिहिबार पोखरा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलमा बिशाल सारुमगर (कप्तान), सुदीप पन्त, राज पौडेल, आलिग तामाङ्ग, सन्तलाल गुरुङ्ग, धिरज जोशी, श्रीजेश पुरी, सिजन गुरुङ्ग, विवेक सारु मगर, सुविल श्रेष्ठ, सुनिल श्रेष्ठ, धीरज श्रेष्ठ, दिपेश श्रेष्ठ, आशिष गुरुङ्ग रहेका छन् । यस्तै टिम ब्यवस्थापकमा कृष्ण राम श्रेष्ठ र टिम प्रशिक्षकमा सरोज थापा रहेका छन् ।

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...