YouTube Link

कृषि विकास बैंक लमिटेडले ८३ वटा किसान कार्ड वितरण

Facebook Link

काठमाडौं: कृषि विकास बैंक लमिटेडले ८३ वटा किसान कार्ड वितरण गरेको छ । काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिकाको वडा नं. ३ चोखेलमा बसोबास गर्ने किसानहरुलाई कार्ड वितरण गरेको हो ।

आवश्यक प्रक्रिया पूरा गरेर कृषिसम्बन्धी वेचविखनदेखि विउ/मलखाद/मौसम समेत जानकारी हुने व्यवस्था समेतको किसान कार्ड कार्ड कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अनिल कुमार उपाध्यायले पहिलो चरणमा ८३ वटा कार्ड किसान तथा ग्राहकहरुलाई उपलव्ध गराउनु भएको हो ।

 

उक्त कार्यक्रमको अध्यक्षता दक्षिणकाली नगरपालिका वडा नं. ३ को वडाअध्याक्ष शिवभक्त बलामीले गर्नुभएको थियो भने कार्यक्रममा कृष्ण सहकारीका अध्यक्ष लक्ष्मी देवकोटा अतिथीको रुपमा उपस्तित हुनुभएको थियो ।

 

स्थानीयहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले किसान क्रेडिट कार्डको महत्व र फाइदाका बारेमा प्रकाश पार्दै बैंकले उपलव्ध गराएका अन्य सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने समेत बताउनुभयो ।

 

कृषि विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लामो इतिहास बोकेको नेपालको पुरानो विधुत गृह चन्द्रज्योति पावरहाउसको परिसरमा राख्ने गरी १० थान डस्वीन वडाका वडा अध्यक्षलाई हस्तान्त्रण समेत गर्नुभयो ।

 

कार्यक्रमका सभापति तथा वडाअध्यक्ष शिवभक्त बलामीले कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले उपलव्ध गराएको सेवा प्रति आभार व्यक्त गर्नुभयो । आगामी दिनमा पनि बैंकले यस्तै प्रकृतिका सेवाहरु विस्तार गर्दै जान सकोस भनि थप प्रगतिका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

 

सो कार्यक्रममा बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, कृषि विकास बैंक लि. का विभागीय प्रमुखद्वय गिरिधारी पौडेल, सुन्दर खतिवडा, बैंकका सद्भावना दुत आश्रा कुंवर, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख प्रज्वल भट्टराई, विरेन्द्र यादव र कृषि विकास बैंकका अन्य कर्मचारीहरु उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा कृषि विकास बैंक बागमति प्रदेशका प्रदेश प्रमुख जगदीश्वर पन्थीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन कृषि विकास बैंक शाखा कार्यालय कालिमाटीका प्रबन्धक बेदानन्द दाहालले गर्नुभएको थियो ।

 

यो पनी पढ्नुहोस् :

एनआईसी एशिया बैंकले आकर्षक योजना सार्वजनिक

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...