YouTube Link

रिलायबल नेपाल लाइफ इन्स्योन्स ४ वर्ष पुरा गरी ५ औं वर्षमा प्रवेश

Facebook Link

काठमाडौं:   रिलायबल नेपाल लाइफ इन्स्योन्स कम्पनी ४ वर्ष पुरा गरी ५ औं वर्षमा प्रवेश गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योन्स कम्पनीले २०७४ भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।

 

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६४ मंसिर १८ गते नै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई झण्डै १० वर्ष पछि अर्थात २०७४ साउन १८ गते बीमा समितिबाट जीवन बीमा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र ‘लाइसेन्स’ प्राप्त गरेको थियो ।

 

यस कम्पनीले गत असार मसान्तसम्ममा ३६ लाख ९ हजार ६७८ वटा पोलिसी बिक्री गर्न सफल भइसकेको छ । जारी भएको पोलिसी संख्याको आधारमा कम्पनीको बजार हिस्सा सर्वाधिक ३४ दशमलब २६ प्रतिशत रहेको छ ।

 

कम्पनीले न्युन आय भएका वर्गलाई माइक्रोफाइनान्स मार्फत माइक्रोपोलिसी बिक्री गर्ने क्रममा सर्वाधिक पोलिसी जारी गर्न सफल भएको हो । कम्पनीका प्रवर्द्धकहरुमा ग्लोबल आइएमई बैंक, सेञ्चुरी कमर्सियल बैंक तथा नेपालका प्रतिष्ठित उद्योगी व्यवसायी, बैंकर, अर्थशास्त्रीहरु लगायतका व्यक्तित्वहरुको प्रतिनिधित्व रहेको छ ।

 

चुस्त अनुभवी र लगनशिल व्यवस्थापनबाट संचालित यस कम्पनीले ७ वटै प्रदेशमा प्रदेश कार्यालयहरु सहित विभिन्न स्थानहरुमा शाखा तथा एजेन्सी कार्यालयहरु सञ्चालनमा ल्याएको छ।हाल ८२ वटा भन्दा धेरै शाखा कार्यालय मार्फत जीवन बीमाको सेवा प्रदान गरिरहेको छ । यस अवधिमा १५ हजार भन्दा धेरैलाई अभिकर्ता बनाउन सफल भएको छ ।

 

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम सहितको प्राथमिक शेयर निष्काशनको अभ्यास सुरु गरेको कम्पनीले ११२ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २१२ रुपैयाँमा ६० लाख कित्ता आइपिओ निष्काशन गर्न गैइरहेको छ ।

 

कम्पनीको यस कार्यले जगेडा कोषमा ६७ करोड २० लाख रुपैयाँ जम्मा हुनेछ । कम्पनीले स्थापनाको ४ वर्षको अवधिमा जीवन बीमा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

 

यो पनी पढ्नुहोस् :

वात्सल्यले निःशुल्क बाह्य सेवा (ओपीडी) र अल्ट्रासाउन्डको व्यवस्था

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...