YouTube Link

लियोनल मेस्सीको डेब्यु खेलमा पिएसजीको लिग वानमा जित

दर्शकले उठेर उनलाई सम्मान

Facebook Link

एजेन्सीः लियोनल मेस्सीको डेब्यु खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रान्सेली लिग वानमा जित निकालेको छ ।

आईतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

यसै सिजन बार्सीलोना छोडेर पिएसजी आएका मेस्सीले हिजो राती रेइम्स विरुद्धको खेलमा डेब्यु गरेका हुन् ।

मेस्सीले ३० नम्बरको जर्सी लगाएका थिए ।

उनी ६६औं मिनेटमा ब्राजिलियन नेयमारको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

लियोनल मेस्सीले मैदानमा प्रवेश गर्दा स्टेडियममा भएका सबै दर्शकले उठेर उनलाई सम्मान गरेका थिए ।

लियोनल मेस्सीको र एम्बाप्पे बिच निकै राम्रो तालमेल मिलेकोे थियो ।

केही राम्रो मौका सिर्जना भए पनि गोल भने हुन सकेन् ।

खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले गोल गरेका थिए ।

लिग वानको चौथो खेलमा पिएसजीलाई पहिलो अग्रता दिलाएका थिए ।

पिएसजीले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो ।

एक गोलले पछि परेको रेइम्सलाई खेलको ५१औं मिनेटमा बराबरी गोल गर्ने अवसर पाएको थियो ।

रेइम्सका मर्सहलले पाएको पेन्लटीमा गोल गर्न चुक्दा खेलमा पिएसजीको अग्रता एथावत रहेको थियो ।

६३ औं मिनेटमा एम्बाप्पले व्यक्तीगत दोस्रो गोल गर्दै पिएसजीको अग्रतालाई दोब्ब बनाए ।

हाकिमीको पासमा एम्बाप्पेले गोल गरेको थिए ।

पिएसजीका लागि एम्बाप्पेको यो अन्तिम खेल हुने अनुमान गरिएको छ ।

यसै सिजनमा एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिड जाने समचार आएको छ ।

शतप्रतिसत जित सहित पिएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यो पनिः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...