YouTube Link

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र फेवा बजारबीच सम्झौता

Facebook Link

काठमाडौ:  समृद्धि फाइनान्स कम्पनी लिमिटेड र फेवा बजारबीच सम्झौता भएको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र फेवा बजारबीच कन्जुमर ईएमआई कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको हो ।

 

उक्त सम्झौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र फेवा बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आर्चायले हस्ताक्षर गर्नुभएको छ ।

 

सम्झौता भएसंगै अब ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको सामग्री खरिदमा जिरो प्रतिशत ब्याजदरमा फेवा बजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि कर्जा सुविधा पाउने भएका छन् ।

 

फाइनान्स कम्पनीका बजार तथा व्यवसायक प्रवर्द्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकलाई मध्यनजर गर्दै बनाइएको र ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने बताउनु भएको छ ।

 

समृद्धि फाइनान्सले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड कर्पोरेट पेजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

 

निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ।

 

हाल पाँचवटा शाखाहरुमार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ।

 

यसका साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा ई–केवाईसीलगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ।

 

यो पनी पढ्नुहोस् :

सेलपे सेवाले रक्षाबन्धनको उपलक्ष्यमा आकर्षक अफर

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...