सेलपे सेवाले रक्षाबन्धनको उपलक्ष्यमा आकर्षक अफर
वि.सं.२०७८ भदौ १ मंगलवार ११:५४
1.5K
shares
काठमाडौं: सेलपे सेवाले रक्षाबन्धनको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले रक्षाबन्धनको उपलक्ष्यमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको हो ।
यस योजनाअन्तर्गत सेलपेका ग्राहकले CellPay Kart बाट रु. ५ हजार वा त्योभन्दा बढीको सामान खरिद गरेमा रु. ५०० क्यासब्याक पाउनेछन् । यो योजना यही भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागू हुनेछ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपे बास्तविक समयमा भुक्तानी सरल र सुरक्षितबैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने सेवा हो ।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब ५० हजार मर्चेन्टहरुमा भुक्तानी गर्न सकिन्छ ।
एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ। यसका साथै ग्राहकले CellPay Kart सेवामार्फत सजिलै घरमै बसीबसी विभिन्न सामानहरु खरिद गर्न सक्नेछन्।
यस सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आबद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकले सहज रुपमा यो सेवा लिन सक्नेछन्। यसका साथै ग्राहकले सेलपेबाट फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन।
यो पनी पढ्नुहोस् :
तेह्रथुम पावर कम्पनी लिमीटेडले आइपीओ निश्कासन गर्ने
वि.सं.२०७८ भदौ १ मंगलवार ११:५४



















