एमाले नेता झलनाथ खनालको मृगौला प्रत्यारोपण सफल
वि.सं.२०७८ साउन २० बुधवार १६:०६
2.6K
shares
काठमाडौं: नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण सफलतापूर्वक भएको छ ।
भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा डा. अखिल मिश्रको निगरानीमा सर्जन डा. सुदीप गुरियाको टोलीले खनालको मृगौला प्रत्यारोपण गरेको उनको सचिवालयले जानकारी गराएको छ ।
अब खनाल केहि समय अस्पतालमै रहि आराम गर्ने र स्वास्थ्यस्थिति सामान्य भए पश्चात नेपाल फर्किने सचिवालयले बताएको छ ।
खनालको निजी सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।
वि.सं.२०७८ साउन २० बुधवार १६:०६



















