Texas College
YouTube Link

युनियन लाइफको शेयर कारोबार सुचारु मनकामना स्मार्टको कारोबार हुन सकेन

Facebook Link

काठमाडौं:   युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार आज सोमबारबाट सुचारु भएको छ । मनकामना स्मार्ट लघुवित्तको स्पेसल प्रि ओपन सेसनको कारोबारमा कम्पनीको कुनै पनि अर्डर म्याच नभएपछि कारोबार हुन सकेन ।

 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार युनियन लाइफको शेयर सुचिकृत भएसंगै आजबाट कारोबार सुरु भएको हो । युनियन लाइफको पहिलो कारोबार ३४२ रुपैयाँमा भएको छ ।स्पेसल प्रि ओपन सेसनमा कम्पनीको ३४२ रुपैयाँमा पहिलो कारोबार भएको हो  । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसा देखि ३४५ रुपैयाँ ३९ पैसा सम्मको रेन्ज तोकेको छ ।

 

यो रेन्जको जुनसुकै मूल्यबाट कम्पनीको शेयर कारोबार सुचारु हुन सक्ने ब्यबस्था छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।  कम्पनीको ULI सिम्बलबाट कारोबार भएको हो ।

 

युनियनले असार २४ गतेदेखि असार २८ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो  । कम्पनीले सर्वसाधारणको लागि  ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

 

मनकामना स्मार्ट लघुवित्तको स्पेसल प्रि ओपन सेसनको कारोबारमा कम्पनीको कुनै पनि अर्डर म्याच नभएपछि कारोबार हुन नसकेको हो । यस संगै आज कम्पनीको नियमित समयमा कारोबार हुने छैन ।

 

भोलि मंगलबारको प्रि ओपन सेसनमा कारोबार भई सुरुवाती मूल्य तय भएपछि मात्र कम्पनीको नियमित कारोबार सुरु हुने छ । नेप्सेले कम्पनीको  पहिलो कारोबारको लागि ११० रुपैयाँ ८४ पैसा देखि ३०२ रुपैयाँ ५२ पैसा सम्मको रेन्ज तोकेको थियो ।

 

यो रेन्जको जुनसुकै मूल्यबाट कम्पनीको शेयर कारोबार सुचारु हुन सक्ने ब्यबस्था छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।  कम्पनीको MKLB सिम्बलबाट कारोबार हुने छ ।

 

मनकामनाको आइतबार १२ लाख ११ हजार ५ सय कित्ता शेयर सुचिकृत भएको हो । कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो  ।

 

यो पनी पढ्नुहोस् :

युनियन लाइफ र मनकामना स्मार्टको सेयर दोस्रो बजारमा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...