हेर्नुहोस् तपाईको आज २०७८ साउन १२ गते मंगलबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ साउन १२ मंगलवार ०६:२३
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन उत्साहमय हुनेछ, गरेका कार्यको उपलब्धिले स्फूर्ति बढने, आर्थिक लाभ हुने, मित्र भेट वा मित्र बाट फाइदा प्राप्त हुने । परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । नयाँ कार्यको योजना बन्ने अथवा आय स्रोतको नयाँ विकल्प आउन सक्ला, कतैबाट शुभ समाचार पनि आउन सक्नेछ । व्यापारी व्यवसायी वर्गलाई दिन राम्रो रहने छ, निवेशको लागि समय उत्तम छ । कसै कसैलाई आज स्वादिलो भोजन, भोग विलास र रमाइलोमा सहभागि हुने मौका मिल्ला ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ईच्छित फलपाउने अथवा शुभ समाचार आउने सम्भावना छ । सन्तति सुख, धनलाभ, कार्यमा सफलता एवम् बौद्धिक, आर्थिक तथा सामाजिक पक्षमा उन्नति हुने खालको दिन छ । प्रतिस्पर्धिहरु भन्दा अगाडि भइने छ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रले परिवर्तन खोजिरहेको छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन अनुकुल नरहन सक्छ, अनावश्यक खर्च, गलत कार्यमा मन जाला, मनमा नकारात्मक सोच बढन सक्ने, सरकारी दन्ड वा प्रशासनिक झमेला मा अलमलिनु पर्ने, पारिवारीक समस्या बढने, दाम्पत्य सुखमा कमी आउला, मान प्रतिष्ठा मा समेत आघात पर्ने सम्भावना छ, कसै कसै लाई परिवार भित्र कष्टदायी स्थिती नआउला भन्न सकिन्न । संगतले हानी पुरयाउला । सचेत रहँदा राम्रो ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन प्रतिकुल भइदिन सक्छ, कुटुम्ब हानी, संचित धनमा नोक्सानी, शत्रु बढने, निरर्थक भयले सताउने, खानपानको गडबडी, स्वास्थ्यमा समस्या, अनावश्यक खर्च, झगडा, मित्रसँग विवाद, दाम्पत्य सुखमा कमी, मानसिक चिन्ता, चोटपटक दुर्घटना जस्ता अनिष्ट फलहरु घटन सक्छन, आज सचेत रहनु पर्नेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय अनुकुल रहने छ । शारिरिक निरोगिता, बिना व्यवधान कार्यहरु सम्पन्न होलान, आदर कदर आदिको प्राप्ति, धनलाभ, उत्तम भोजन, व्यवसायीक लाभ, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त, वैवाहिक सुख तथा दाम्पत्य सुख मिल्ने । कसै कसैको मनोरन्जनमा समय बित्ला । । रिस गर्नेहरु आज निसहाय हुनेछन् ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन राम्रो रहनेछ । आर्थिक लाभ, शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य सुख, भोग विलाश तथा शयन सुखमा रुचि जाने, आदर सत्कार पाइने, पारिवारिक सुख, रिस गर्नेहरु परास्त हुने, आर्थिक लाभको सम्भावना बन्ला, सरकारी मुद्दा मामिला लगायत अन्य कुराहरुमा सुसमाचार आउन सक्ला । लामो यात्रा गर्दा भने सचेत रहनुहोला, समग्रमा दिन शुभ रहनेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सचेत हुनुपर्ने समय चलेको छ । धनहानी होला, कर्ममा गतिरोध आउने छ । मानसिक खिन्नता बढला, कसै कसैलाई अपयश वा अपमान को भागि बन्नु पर्ने अवस्था आउन सक्छ । चोटपटकको भय, पारिवारिक सुखमा बाधा, स्वास्थ्य हानी, कार्यमा विध्न बाधा जस्ता विषमताहरु ऋाउन सक्लान । सोचेको आँटेको काम पुरा नहुने, व्यर्थमै अलमलिने खालको दिन बन्न सक्छ, सन्तान तथा मित्रहरुसँगको विवाद हुन सक्ने भएकोले मौन बस्नु होला ।
दिन प्रतिकुल छ । धनहानी, मित्रहानी, आफन्तहानी, बन्धुकुटुम्ब बिच धन वा सम्पत्ति विवादको कारणले वैमनस्यता बढने सम्भावना छ, रोग, चिन्ता र भयले ग्रसित भइएला, पारिवारिक कलहबाट टाढा रहनु होला, कार्यस्थलमा गतिरोध रहने, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला आउन सक्ने, मान सम्मान र उपलब्धिमा निराशा हात लाग्ला । नयाँ साल आउनु अगावै एकपटक चिना देखाउनु होला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन शुभफल दायी रहनेछ । भाग्यले साथ दिनेछ । आरोग्य मिल्ने, यश वृद्धि, आत्मविश्वास बढने, आर्थिक लाभ हुने, मित्र, भाइ बन्धुहरुबाट सहयोग पाइने, गरेका कार्यहरु सफल हुने, शत्रु परास्त हुनेछन् । दाम्पत्य जीवनमा सुख र सन्तोष बढने योग छ, प्राविधिक क्षेत्रमा कायर्रत हरुलाइ दिन राम्रो रहनेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय अनूकूल नरहन सक्छ । मानसिक असन्तोष बढला । गरेको काममा बाधा आउने वा ढिलो हुन सक्ने, पारिवारिक समस्याहरु बल्झने, कुटुम्बसँग वा नजिककाहरुसँग मनमुटाव बढन सक्ला, सन्तान पक्षबाट समस्या आउला या विवाद हुन सक्ला, विद्यार्थीहरुको पढाइबाट मन हटन सक्छ, बाहिर खाने बानी स्थगित गर्नु पर्ने छ । किनकि खानपान तथा मौसमको कारणले स्वास्थ्यमा प्रतिकुलता आइदिन सक्छ, बोल्दा होश पुरयाउनु भएन भने समस्या निम्तिन सक्छ, कसै कसैलाई राज्य प्रशासन अथवा कार्यालय व्यवस्थापनबाट पनि समस्या निम्तिन सक्ला ।
दिन लाभ दायक रहनेछ, शरीरमा जोश जाँगर बढने, सकारात्मक विचार र उत्साहले मनोबल मा बृद्धि हुनेछ । लाभ, मान सम्मान प्राप्ति हुने योग छ । फरक वा विशेष खानपीन हुन सक्ला, रमाइलो जमघटमा सहभागी भइएला, घरायसी चिन्ता र सुखमा ध्यान जानेछ, अविवाहितहरुको हकमा विवाहको कुरा चल्न सक्ने सम्भावना छ, व्यापार व्यवसायमा परिवर्तन अथवा नयाँ शूरुवात गर्ने राम्रो समय आएको छ, अचल सम्पत्तिलाई धितो राखेर व्यवसायमा लगानी हुने योग बनेको छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय त्यति राम्रो नहुन सक्छ । एक प्रकारको चिन्ता र भयले सताउने, आलस्यले वास्तु दोष जन्माउने छ , कामहरु बिग्रने, ईष्र्या, विवेकहीनता बढला, मानसिक तनाव जस्ता गलत कुराले मन विचलीत हुन सक्छ, वृत्ति व्यवसायमा संकट वा कम लाभ हुने, आर्थिक पक्षमा गिरावट, यात्रामा कष्ट चोटपटकको सम्भावना, आफन्तसँग वैरभाव र विवाद होला । मानहानी, स्थानहानी, राजभय, पदच्यूति जस्ता नकारात्मक फलहरु प्राप्त हुन सक्लान् । आत्मविश्वासलाई गुम्न नदिइ ध्यान पूर्वक रणनिती बनाएर अगाडि बढनु भएमा दिन सहज बन्न सक्छ । एक पटक जन्म मिति र समय देखाइ परामर्श लिनु होला ।