युरोकप फुटबलको १६ औं संस्करणको उपाधि इटलीले जित्यो
वि.सं.२०७८ असार २८ सोमवार १४:४२
2.2K
shares
काठमाडौं: युरोकप फुटबलको १६ औं संस्करणको उपाधि इटलीले जितको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै इटालिले उपाधि जितेको हो ।
इटलीले घरेलु टोलि इंग्ल्याण्डलाई वेम्ब्ले स्टेडियममा भएको खेलमा पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको हो ।
युरोकप फुटबलको खेलको निर्धारित समय र अतिरिक्त समयको खेल एक एकको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउट मार्फत गरिएको थियो ।
पेनाल्टीमा इटलीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे ।
युरोकपमा इटलीको यो दोस्रो उपाधि हो । यस अघि इटालिले सन् १९६८ मा पहिलो पटक युरोकपको उपाधि जितेको थियो ।
इटलीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको छ।
इटलीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
यो पनी पढ्नुहोस् :
अर्जेन्टिनाले २७ वर्ष पछि लियोनल मेस्सीको कप्तानीमा कोपा अमेरिकी फुटबलको उपाधि जितेको छ ।
वि.सं.२०७८ असार २८ सोमवार १४:४२


















