नेकपा एमालेको विवाद साम्य हुँदै यस्तो छ आजको संभावना
वि.सं.२०७८ असार २६ शनिवार १४:४१
2.6K
shares
काठमाडौं: सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले मस्यौदालाई अन्तिम रुप दिन लागेका छन् । हिजो बेलुका भएको छलफलमा केही बुँदामा सहमति भएपनि केहीमा सहमति नजिक पुगेको कार्यदलमा सामेल सदस्यहरुले प्रतिकृया दिएका थिए ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच मनमुटाव भएपछि पार्टी फुटको संघारमा पुगेको थियो । तर दा्स्रो तहका नेताहरुले पुलको रुपमा काम गरेपछि पार्टी एकताको बाटोमा आएको हो । कार्यदलका सदस्यहरु पार्टी एक बनाउना लागि अहोरात्र खटिरहेका छन् । उनीहरुको मिहेनतकै कारण अध्यक्ष ओली र बरिष्ठ नेता नेपालीबीच मेरियट होटेलमा भेटघाट समेत भएको थियो ।
२ जेठ २०७८मा गठन भएको कार्यदलमा कार्यदलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबाट पाँच–पाँच जना छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। त्यस्तै, नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन्।
कार्यदलको बैठक हिजो ७ घण्टासम्म चलेको थियो । आज पनि वैठक निरन्तर रहने र यो वैठक आइस ब्रेकको रुपमा आउने विश्वास नेताहरुले गरेका छन् ।
यो पनी पढ्नुहोस् :
साँझ ७ बजेसम्मका लागि एमाले कार्यदलको वैठक स्थगित
वि.सं.२०७८ असार २६ शनिवार १४:४१



















