साँझ ७ बजेसम्मका लागि एमाले कार्यदलको वैठक स्थगित
वि.सं.२०७८ असार २४ बिहीवार १५:०८
1.8K
shares
काठमाडौं: पार्टीभित्रको कलह मिलाउनका लागि नेकपा एमालेको सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु एक आपसमा छलफल गर्नका लागि वैठक स्थगित भएको हो ।
आन्तरिक गृहकार्य गर्नका लागि साँझ ७ बजेसम्मका लागि वैठक स्थगित गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । छलफलबाट निस्केर संस्थापन पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले वार्ता सकरात्मक रहेको जानकारी दिदै आजै निष्कर्षमा पुग्ने प्रयास हुने बताए
कार्यदलमा दुवै पक्षका पाँच -पाँच जना सदस्य छन् । ओली पक्षका सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल पक्षबाट डा।भीम रावलको संयोजकत्वमा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
यो पनी पढ्नुहोस् :
एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरु, होला त सहमति ?
वि.सं.२०७८ असार २४ बिहीवार १५:०८




















