नेमारको ब्राजिल र मेस्सीको अर्जेन्टिना कोपाको फाईनलमा भिड्ने
ब्राजिल र अर्जेन्टिना उपाधिको लागि मैदानमा उत्रिने छन् ।
वि.सं.२०७८ असार २४ बिहीवार १५:१३
2.7K
shares
एजेन्सीः नेमारको डिफेन्डि च्याम्पियन ब्राजिल,र लियोनल मेस्सीको अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाईनलमा भिड्ने भएका छन् ।
रियो–दि जेनेरियोको ऐतिहासिक माराकाना स्टेडियममा शनिबार बिहान नेमारको ब्राजिल र मेस्सीको अर्जेन्टिना उपाधिको लागि मैदानमा उत्रिने छन् ।
कोपा अमेरिकी फुटबल प्रतियोगिता २०२१ एक अविशमरणिय क्षण हुनेछ ।
किन कि यो प्रतियोगिता शुरुहुनु भन्दा एक हप्ता अगाडि कोभिक–१९को कारण देखाउदै कोमबलले ब्राजिलमा सारेको थियो ।
नेयमार सम्मेलित डिफेन्डि च्याम्पियन ब्राजिल र लियोनल मेस्सीको चुनौतीकर्ता अर्जेन्टिनाले संयुक्तमा सात पटक विश्व कप र २३ पटक महाद्वीपीय उपाधिको टाईटल जितेका छन् ।
अर्जेन्टिना स्टार मेस्सीले आफ्नो करियरको पहिलो प्रमुख ट्रफी आफ्नो देशको लागि उचाल्न चाहन्छ ।
अर्जेन्टिनाले सन् १९९३ पछि कुनै पनि उपाधि जित्न सकेको छैन ।
मेस्सीले कोपा अमेरिकी फुटबलको २००७, २०१५ र २०१६को फाईनलमा पराजित भएको थियो ।
सन् २०१४को विश्वकप फाइनलमा पनि जर्मनीसँग अर्जेन्टिना पराजित भएको थियो ।
कप्तान मेस्सीले सेमीफाइनलमा कोलम्बियालाई पेनल्टी शूटआउट जितेपछि भने, मलाई सबैभन्दा धेरै चाहिएको राष्ट्रिय टीमबाट उपाधि जित्नु हो ।
हामीले उच्च लक्ष्य राखेका छौं,पहिलो लक्ष्य प्राप्त गर्न सक्यौं ।
फाइनल खेल्नु हाम्रो पहिलो लक्ष्य थियो ।
अब हामी पहिलेको भन्दा उच्च लक्ष्य राख्नेछौं ।
नेयमार चोटका कारण सन् २०१९ कोपा टिमबाट बाहिर थिए ।
ब्राजिलले पेरूलाई १-० जिते पछि नेयमारले अर्जेन्टिनाको सामना गर्न चाहेको कुरा बताए थिए ।
तर ब्राजिलले फाइनल जित्छ, नेमारले ठट्टामा भने ।
बार्सिलोनामासँगै च्याम्पियन्स लिग जितेका मेस्सी र नेयमार असल साथीहरू हुन् ।
अर्जेन्टिना र ब्राजीलले १०० पटक भन्दा बढी एक अर्का विरुद्ध सामना गरिसकेका छन् ।
कोपाको पूर्ववर्ती दक्षिण अमेरिकी चैम्पियनशिप स्न १९३७ मा अर्जेन्टिनाले २-० ले जित्यो।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ असार २४ बिहीवार १५:१३




















