इंग्ल्यान्ड ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुग्न सफल
उपाधिको लागि इंग्ल्यान्डले इटालीको सामना
वि.सं.२०७८ असार २४ बिहीवार ०९:४६
एजेन्सी: इंग्ल्यान्ड ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ ।
लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको सेमिफाइनलमा डेनमार्कलाई २–१ ले पराजित गर्दै
इंग्ल्यान्ड पहिलोपटक युरोकपको फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
बराबरीमा टुंगिएको खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
३०औं मिनेटमा डेनमार्कका मिकेल ड्याम्स्गार्डले गोल गरेका थिए ।
उनले फ्रिकिक मार्फत सुन्दर गोल गर्दै खेलमा अग्रता दिलाएक थियो ।
डेनर्माकको अग्रता धेरै बेरसम्म ठिक्न सकेन ठिक ९ मिनेटपछि डेनमार्कका सिमोन कियारले आत्मघाती गोल गरे पछि खेल १–१को बराबरीमा पुगेको थियो ।
डेनमार्कका योकिम मिहलले डिबक्स एरियामा रहिम स्टर्लिङलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।
१०४औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल २–१को स्थितिमा पु¥यका थिए ।
केनको पहिलो प्रहार डेनिस गोलरक्षक कास्पर्स माइकलले रोकेका थिए ।
उक्त रिबाउन्ड भएर आएको बललाई केनले नै गोलमा परिणत गरेका थिए ।
त्यसपछि दुवैतर्फ बाट कुनै गोल हुन नसके पछि इंग्ल्याण्डले खेल जितेको हो ।
फाईनलमा उपाधिको लागि इंग्ल्यान्डले इटालीको सामना गर्नेछ ।
फाईनल खेल आइतबार राति १२ः४५ बजे वेम्ब्ली रंगशाला इंग्ल्याण्डमा हुनेछ ।
यो पनि पढ्नु होस्:
वि.सं.२०७८ असार २४ बिहीवार ०९:४६