YouTube Link

डा. खगेन्द्रनाथ शर्माको “अकविता” कविता सङ्ग्रह विमोचन

Facebook Link

काठमाडौं: नेपाली राजनीति विशेषज्ञ, सर्जक-लेखक, तथा ईलाम कलेजका संस्थापक प्राचार्य डा. खगेन्द्रनाथ शर्माको कविता सङ्ग्रह “अकविता”को डिजिटल मार्फत विमोचन भएको छ ।

नेपालमा नै पहिलो पटक आयोजना गरिएको कविता सङ्ग्रहको डिजिटल विमोचन एरो एड इ. प्रा. लि. ले जुम तथा क्लबहाउसबाट सम्पन्न गरेको हो ।

एरो एडका प्रबन्ध निर्देशक विजय अधिकारीको संयोजकत्वमा आयोजित कार्यक्रममा कविता क्षेत्रका विशेष अतिथि तथा डा. शर्माका परिवारका सदस्यहरू जुम र क्लबहाउसबाट डिजिटल विमोचनमा सरिक भएका थिए ।

कवि केदार शर्मा, कवि राजेन्द्र शलभ, कवि विश्वविमोहन श्रेष्ठका साथै कविताको क्षेत्रमा निरन्तर कलम चलाइरहने धरणी गौतम तथा पुरुषोत्तम सिग्देलले कवि शर्मालाई बधाई ज्ञापन गर्दै पुस्तकको भौतिक तथा डिजिटल कपि विमोचन गरेका थिए ।

कवि शर्माले ८२ वर्षको उमेरपश्चात् सिर्जना गरेका कविताहरू मनोहरा साहित्य समाजद्वारा निरन्तर आयोजित कार्यक्रममा वाचन भइसकेका छन् ।

४ वर्षको अन्तरालमा रचिएका कविताहरूको सङ्ग्रह नै “अकविता” नामले हाल पुस्तक तथा डिजिटल कपिमा उपलब्ध छन् ।

एरो एडकै कार्यसम्पादनमा पुस्तकको सम्पादन, डिजाइन, तथा कला-सज्जाको काम सम्पन्न भएको हो ।

डा. शर्माले भने- “परिवार तथा सर्जकहरूको निरन्तर प्रोत्साहन तथा उक्साइबाट मैले यो कविता सङ्ग्रह प्रकाशन गर्ने जमर्को गरें । यसको प्रकाशनमा संलग्न मेरा छोरा किशोर शर्मा तथा एरो एडका सम्पूर्ण सदस्यहरूलाई म कृतज्ञता ज्ञापन गर्दछु ।”

कवि डा. शर्माको कृति “अकविता” को भौतिक कपि एरो एडमा उपलब्ध छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...