डेनमार्क १७ वर्षपछि पहिलो पटक क्वाटरफाइनलमा प्रवेश
युरोकपमा डेनमार्क १७ वर्षपछि
वि.सं.२०७८ असार १३ आइतवार ११:५६
1.7K
shares
एजेन्सीः युरोकपमा डेनमार्क १७ वर्षपछि पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम १६को खेलमा वेल्समाथि ४–० गोलको सानदार जीत निकाल्याे ।
एम्सर्टडम योहान त्रफ स्टेडियममा भएको खेलमा डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्यो ।
खेल अवधीभर डेनिस टिम वेल्समाथि हाबी रहयो ।
२८ औं मिनेटमा कास्पर डोल्बर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएक थिए ।
४८ औं मिनेटमा उनैले दोस्रो गोल गरेपछि वेल्स दुइ शून्यले पछि परेको थियो ।
वेल्सका डिफेन्डर निको विलियम्सको गल्तिको फाइदा उठाउदै डोल्बर्गले व्यत्तिगत दोस्रो गोल गरेका थिए ।
विलियम्सले डेनमार्कका मार्टिन ब्रेथबेटको क्रसलाई क्लियर गर्ने प्रयास गरेका थिए ।
तर उनले डोल्बर्गलाई पास दिए ।
८८ औं मिनेटमा योकिम माहेल र इन्जुरी समयमा ब्रेथवेटले गोल गरेपछि डेनमार्क २००४ पछि पहिलो पटक युरोको अन्तिम आठमा प्रवेश गर्यो ।
९० औं मिनेटमा हेरी विल्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेल्स दश खेलाडीमा सीमित भएको थियो ।
वेल्सको यात्रा भने अन्तिम १६ मा नै सकियो ।
२०१६ मा वेल्स सेमीफाइनलसम्म पुगेको थियो ।
डेनमार्कले क्वाटरफाइनलमा नेदरल्यान्डस र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।
यो पनि पढ्नु होस्
https://www.akhabarnepal.com/sports/25865.html
वि.सं.२०७८ असार १३ आइतवार ११:५६



















