एनएमबि बैंकले मनाङका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण
वि.सं.२०७८ असार ९ बुधवार १५:४०
1.8K
shares
काठमाडौं: एनएमबि बैंकले मनाङका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बैंकले बाढी प्रभावितलाई मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरेको हो ।
एनएमबि बैंकले मनाङका बाढी प्रभावितलाई हेलिकप्टर चार्टर गरी एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा ति सामग्रीहरु वितरण गरिएको बैंकले जनाएको छ।
हेलिकप्टरले फर्कने क्रममा वर्ष ६५ का बुद्घराम गुरुङ, वर्ष ९ का जोह्न गुरुङ, वर्ष ७ की आरध्या गुरुङ, वर्ष ८ की जेनिप गुरुङ र वर्ष २७ की लक्ष्मी गुरुङलाई उपचारका लागी काठमाडौं पठाएको बैंकले जनाएको छ।
मनाङका अधिकांश नदिहरु विगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले थुनिएका छन् । जसले गर्दा उक्त स्थानका सयौ मानिसहरु घरवार विहीन भएका छन्।
बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा निकै क्षति पुर्याएको छ । हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरीहरु आफ्नो बसोवास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् ।
यो पनि पढ्नुहोस् :
महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालन
वि.सं.२०७८ असार ९ बुधवार १५:४०




















