YouTube Link

किसानले असारमा धान रोप्ने समयमा रासायनिक मल पाउने

Facebook Link

काठमाडौं:  किसानले असारमा धान रोप्ने समयमा रासायनिक मल पाउने भएका छन् । कृषि सामग्री कम्पनीले पर्याप्त मल मौज्दात रहेको भन्दै अभाव नहुने जनाएको हो ।

 

कम्पनीको भण्डारमा यूरिया, डिएपी र पोटास मल पर्याप्त मात्रामा रहेको छ । पर्याप्त मात्रामा रासायनिक मल भण्डारणमा भएपनि ढुवानीमा समस्या भएको मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

 

दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत वैशाखदेखि देशका अधिकाशं जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण मलको ढुवानी हुन नसक्दा अभाव हुनसक्ने देखिएको कम्पनीले जनाएको छ ।

 

कृषि सामग्री कम्पनीसँग हाल १७ हजार टन युरिया मौज्दात रहेको छ । थप ५० हजार टन युरिया मल भदौमा आइपुग्ने कम्पनीले जनाएको छ । कम्पनीको तथ्यांक अनुसार धान रोप्ने समय जेठ असार र साउनमा करिब एक लाख टन मलको माग हुने गरेको छ ।

 

कम्पनीको भण्डारमा बिहीबारसम्मको तथ्यांक अनुसार १७ हजार १ सय ३५ मेट्रिक टन युरिया, ३३ हजार ५ सय ५७ मेट्रिक टन डिएपी र ३ हजार ५ सय ९० मेट्रिकटन पोटास मौज्दात रहेको छ ।

 

यस्तै, बंगलादेखबाट खरिद गरिएको ५० हजार टनमध्ये १९ हजार ५ सय टन हाराहारीको मल असार १५ गतेभित्र आइसक्ने अनुमान गरिएको छ । बोलपत्र मार्फत खरिद गरिएको ५० हजार मेट्रिक टन युरिया आयातको क्रममा रहेको छ ।

 

कम्पनीले ग्लोबल टेन्डरमार्फत चीनबाट ल्याउन लागेको ३० हजार टन युरिया मल बीचबाटोमा आइपुगेको छ । नेपालमा रोपाइँ हुने क्षेत्रफलका आधारमा करिब साढे ७ लाखदेखि ८ लाख टन मल आवश्यक पर्छ । जसमध्ये साढे पाँच लाख टन आयात गर्न सके किसानले अभाव झेल्नु पर्दैन ।

 

सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि मल खरिद गर्न ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट करिब पाँच लाख टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डीएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने जनाएको छ ।

 

यो पनि पढ्नुहोस् :

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तय संस्थाहरुलाई नयाँ निर्देशन जारी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...