YouTube Link

संस्कृतिविद् सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश, सम्मानस्वरुप ललितपुर महानगरपालिकामा सार्वजनिक बिदाको घोषणा

Facebook Link

ललितपुर: संस्कृतिविद् सत्यमोहन जोशी आज १०० वर्षमा प्रवेश गर्नुभएको छ । संस्कृतिविद् जोशी विसं १९७७ साल बैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिनु भएको हो । नेपाली लोकसंस्कृतिका लागि पहिलोपटक गद्य तर्फ जोशीले मदन पुरस्कार समेत प्राप्त गर्नुभएको छ । एक सय वर्षमा प्रवेश गरेको अवसरमा ललितपुर महानगरपालिकाले आज उहाँको सम्मानस्वरुप सार्वजनिक बिदा समेत दिएको छ ।

नेपाली भाषा कला, संस्कृतिको संरक्षण संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा पुर्याएको योगदानको सम्मान स्वरुप महानगरपालिकाले जोशीको सम्मानमा ललितपुरको मंगलबजारबाट बाजागाजासहित नगर परिक्रमा गराइ पुल्चोकमा विशेष कार्यक्रम गर्दै छ । त्यस्तै रक्तदान तथा दीपावली कार्यक्रम पनि राखेको छ । ललितपुर महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने एक सय वर्ष पूरा गरेका अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्ने तयारी गरेको छ ।

जोशीको जन्म शताब्दीमा विभिन्न कार्यक्रम गरेर वर्षभरि नै मनाउने निर्णय महानगरले गरेको छ । महानगरपालिकाका अनुसार सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने, जोशीको तस्वीर अंकित व्यानर सगरमाथामा फहराउने, तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न पहल गर्नेलगायतका कार्यक्रम तय भएको छ ।

प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् । तीन पटकसम्म मदन पुरस्कार प्राप्त गरेका एक मात्र नेपाली स्रष्टा सत्यमोहन जोशीलार्इ नेपाली भाषा कला, संस्कृतिको संरक्षण विकासमा गरेको योगदानको कदर स्वरुप जोशीलाई सुप्रबल गोर्खा दक्षिण बाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो । नेपाल सरकारवापत पनि उहाँ उज्ज्वल कीतिर्मान राष्ट्रदीपले सम्मानित भैसक्नुभएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...